डोनाल्ड ट्रम्पको हत्या प्रयास

काठमाण्डु टुडे २०८१ असार ३० गते ९:२५ मा प्रकाशित

एजेन्सी- अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली चलेको छ ।

शनिबार पेन्सिलभानियाको बट्लरमा आयोजित चुनावी सभामा अन्धाधुन्ध गोली चलाएर उनको हत्या प्रयास भएको हो । घटनामा ट्रम्पका एक समर्थकको मृत्यु भएको रोयटर्सले जनाएको छ । अर्का एक जना गम्भीर घाइते छन् । सभालाई ट्रम्पले सम्बोधन गरिरहेका बेला गोली चलेके थियो । गोली उनको कानमा लागेको छ । एक्कासि गोली चलेपछि भाषण गरिरहेका ट्रम्प मन्चमै घुँडा टेकेर बसेका थिए ।

कानबाट रगत बग्न थालेपछि उनलाई तत्काल कारमा राखेर अस्पताल लगिएको थियो।

गोली चलाउने एक संदिग्ध आक्रमणकारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us