१७ लाख युरोमा बिक्यो नेपोलियनको पेस्तोल

काठमाण्डु टुडे २०८१ असार २५ गते १८:२१ मा प्रकाशित

एजेन्सी– फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो ।

पेस्तोल लिलामीमा १२ लाखदेखि १५ लाख युरोमा बिक्ने अनुमान गरिएको थियो । तर यसले १६ लाख ९० हजार युरोमा बिक्रि भएको थियो ।

पेस्तोल ओसेनट लिलामी घरमा आइतबार बिक्री भएको हो । हालै यी वस्तुहरूलाई राष्ट्रिय सम्पत्तिको रूपमा वर्गीकरण गर्दै यिनीहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि पेस्तोल लिलाम बिक्री भएको फ्रान्सको संस्कृति मन्त्रालयले जानकारी दिएको छ । पेस्तोलको नयाँ मालिकको नाम खुलाइएको छैन ।

फ्रान्स सरकारसँग नयाँ मालिकसँग पेस्तोल किन्न अब ३० महिनाको समय छ । यसको अर्थ पेस्तोललाई अस्थायी रूपमा मात्रै फ्रान्सबाट बाहिर लैजान सकिनेछ ।

विदेशी शक्तिसामु आफ्नो सेनाले हार बेहोरेपछि सत्ता गुमाएका बोनापार्टले सन् १८२४ को अप्रिल २ को रात यी दुई पेस्तोललाई आत्महत्या गर्न प्रयोग गरेका थिए तर सेनाका एक अधिकारीले बारुद झिकिदिएकोले पेस्तोल पड्किएन ।

अनि आत्महत्या गर्न उनले विष खानुपर्‍यो । पेस्तोलसँगै यसलाई राख्न प्रयोग गरिएको मौलिक बक्सालगायतका सामान पनि लिलामीमा बेचिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us