
एजेन्सी– बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनावमा पराजित भएकी छन । उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा उत्रिएकी थिइन् । ट्रस लेबर पार्टीका टेरी जेरेमीसँग ६३० मतले पराजित भएकी हुन् ।
टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरेका थिए भने लिज ट्रसले ११ हजार २ सय १७ मत प्रप्त गरेकी थिईन । यो हारपछि ट्रसलाई कन्जरभेटिभ पार्टीको राजनीतिको अग्रपङ्क्तिका नेताहरूमा रहिन्छ कि रहिन्न भनेर सोधिएको थियो । यसको उत्तरमा उनले आफूलाई सोच्न केही समय चाहिने बताइन् ।