आजदेखी नयाँ टिमका साथमा ‘ख्याल ठट्टा’ प्रसारणमा आउँदै

काठमाण्डु टुडे २०८१ असार ९ गते १९:०८ मा प्रकाशित

काठमाण्डु, ८ असार– हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा आजदेखी प्रसारणमा आउने भएको छ । ‘ख्याल ठट्टा’ लाई अब सुरज खनालले लेखन तथा निर्देशन गर्दैछन् ।

साथै सम्पुर्ण कलाकारसँगै प्राविधिक टिम परिवर्तन भएको छ । यसअघिको ‘अत्ति भोु’ टेलिश्रृंखलाको टिमलाई अब ख्याल ठट्टामा देख्न पाइने भएको हो । शनिबार बिहान एक कार्यक्रमका बिच ‘ख्याल ठट्टा’ को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिएको थियो ।

प्रसारण हरेक शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस्  (SANSA FILMS)  युट्युव च्यानलबाट प्रसारण हुने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले सफलताको शुभकामना दिए ।

प्रमुख अतिथि बिष्टले आफूलाई कलाकारहरु निकै मन पर्ने र कलाकारहरुले आफ्नो कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनु पर्ने  बताएका थिए ।  उनले भने, ‘तपाईहरुको टेलिश्रृंखलाले पनि मनोरञ्जनसँगै समाजका बिभिन्न बिषयमा सकारात्मक सन्देश फैलावस् । लोकप्रियता बनोस् शुभकामना ब्यक्त गर्दछु ।’

साथै कार्यक्रमका बिशिष्ट अतिथि अग्रज कलाकार सुरविर पण्डित (बाह्री बा) ले सिरियलहरुको भिडमा फरक बनोस् भन्दै सफलताको शुभकामना दिए ।

साथै सिरियलका कलाकार निर्मल शर्माले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको भन्दै आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको जानकारी समेत गराए । कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाएका थिए ।

रंग पत्रकार गोपिकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा उपस्थित अतिथि कलाकार हरिश निरौला (कक्रोज), बेगम नेपाली (भटभटे माइला), अजय रेग्मी, दिवाकर भण्डारी, बिनय कार्की, ब्यावसायी शैलेन्द्र बिक्रम थापा, भिडिओ सम्पादक रबिन भट्ट लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा सभापति सिरियलका लेखक, निर्देशक तथा कलाकार सुरज खनालले यसअघि आफूमा अत्ति भो सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रतिबद्धता जनाए । उनले सम्पुर्ण कलाकार तथा प्राविधिकको राम्रो साथ भएको भन्दै सिरियल राम्रो बनेको र सबै दर्शकलाई एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।

सिरियलमा पबित्रा शांकी (मिस पबि)को पनि मुख्य भूमिका रहेको छ । साथै निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

सागर खड्का र शिब बि।कको छायांकन रहने ुख्याल ठट्टाुलाई सन्दीप चौधरीले सम्पादन गर्दैछन् । यस्तै बिनय कार्की र नबिना सिलवालको गायन छ भने श्रृंगारमा सबिन घिमिरे रहेको छन् । लाइट तथा साउण्डमा बिशाल बिष्ट र शिव श्रेष्ठ रहेका छन् भने प्रोडक्सनमा सुमन खनाल रहेका छन् । सह९निर्देशन भने युवराज तिमल्सिनाको रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us