साउदीमा हज गर्न गएका ९८ जना भारतीयको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ८ गते १५:३० मा प्रकाशित

एजेन्सी– यसपटक साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका लागि गएको र ती मध्य ९८ भारतीयको मृत्यु भएको बताइएको छ ।

अत्यधिक गर्मीका कारण साउदी अरबमा धेरै देशका नागरिकको मृत्यु भएको छ । साउदी अरबमा मृत्यु हुनेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरिएको छैन तर अहिलेसम्म ९०० भन्दा बढी तिर्थालुको मृत्यु भएको अनुमान रहेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन्, ‘हरेक वर्ष ठुलो सङ्ख्यामा भारतीय तीर्थयात्री हज जान्छन् ।

यो वर्ष अहिलेसम्म १ लाख ७५ हजार भारतीय हज गएका छन् । अहिलेसम्म साउदी अरबमा ९८ भारतीयको मृत्यु भएको छ’ ।

साउदी अरबमा हजका क्रममा ज्यान गुमाएका मानिसलाई त्यहीँ गाडिन्छ । हरेक वर्ष विश्वभरबाट लाखौं तीर्थयात्री मक्का र मदिनामा जान्छन् । हजको समयमा मर्नु र साउदी अरबमा गाड्नुलाई मुस्लिमहरूले सौभाग्य ठान्ने गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us