
काठमाण्डु, १७ जेठ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायक बालचन्द्र बराललाई निलम्बन गरेको छ ।
आज (बिहिबार) प्रतिष्ठानका अध्यक्ष रिता थापाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । कार्यसमिति सदस्यसमेत रहेका बरालले लाइभ दोहोरीका नाममा प्रतिष्ठानको विधान र नेपाली लोक संस्कृतीको मर्मविपरित उच्छृङखल शैलिमा प्रस्तुती दिएको भन्दै निलम्बन गरेको गरीएको प्रतिष्ठानले जानकारी दिएको छ ।
बरालसहितको टोलीले लाइभ दोहोरीका नाममा विगत लामो समयदेखी प्रतिष्ठानको गरिमामै आँच पुग्ने खालका छाडा शब्द प्रयोग गरी लोक तथा दाहोरी गितको मर्मविपरितका प्रस्तुती दिँदै आएको थियो । उनको प्रस्तुतीलाई लिएर चौतर्फी आलोचना भएपछी प्रतिष्ठानले बराललाई यसअघी पनि सचेत गराएको थियो ।
तर पनि उनले अटेर गरी गित संगीतको मर्ममाथी प्रहार गर्न नछाडेपछी आज आकस्मिक बैठक बसी निलम्बन गरिएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले जानकारी दिएका छन ।