इलाम र बझाङमा सेना परिचालन

काठमाण्डु टुडे २०८१ वैशाख १३ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन हुने भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा बिहीबार जारी विज्ञप्तिमा सरकारको सिफारिसमा राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिएको उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्को गत १० वैशाखको बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतमा जस्तै सुरक्षा निकायको समन्वयात्मक परिचालन गर्र्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us