होटलमा बैठक राखेकामा प्रधानमन्त्री असन्तुष्ट

काठमाण्डु टुडे २०८१ वैशाख १३ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीले होटलमा कार्यक्रम राखेकामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुसँग असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री आफैं आयोगका अध्यक्ष छन् । बिहीबार आयोगले १६औं योजनाको मस्यौदामाथि छलफल गर्न काठमाण्डुको एक पाँच तारे होटलमा बैठक राखेको थियो ।

‘म कार्यक्रममा आउँदै गर्दा योजना आयोगका उपाध्यक्षलाई सोधें । किन होटलमा कार्यक्रम राखेको ? सिंहदरबारमा हाम्रो हाल छँदै थियो नि ?’ । प्रधानमन्त्रीले आगामी दिनमा यस्ता सबै कार्यक्रम सिंहदरबारमा राख्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us