एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १८:२० मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।

हिजो शनिबारदेखी ललितपुरको गोदावरीमा चलिरहेको एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसमा प्रतिनिधिहरुले सहमति जनाएका छन । प्रस्ताव प्रश्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको जानकारी गरनएका थिए ।

एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us