न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ: पर्यटनमन्त्री तामाङ

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने बताएका छन । आज आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले लामो समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाण्डु विमानस्थल आउने जानकारी दिएका छन । उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताएका छन ।

उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरेका छन । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताएका छन । उनले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए ।

उनले ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताएका छन । मन्त्री तामाङले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकाशमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताएका छन ।

उनले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताएका छन । उनले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय, विज्ञहरूसँग छलफल गरी रहेको बताएका छन ।

मन्त्री तामाङले सरकारले मे २९ तारिकाको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us