दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी जसपा नेपाल बाहिरिएको छ।

सरकार गठन गर्दा दुइवटा मन्त्री पार्टीलाई दिने सहमति गरेपनी मुख्यमन्त्री जोखबहादुर महराले एउटा मात्र मन्त्री दिएपछि असन्तुष्ट रहेको जसपा सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिएपनी सरकारलाई दिएको समर्थन भने यथावत नै रहेको जसपाले निर्णय गरेको छ । जसपाका संसदीय दलका नेता समेत रहेका कृषी तथा भूमी व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजिनामा दिइसकेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिएका छन ।

माओवादीका नेताहरु सँग जनता समाजवादीलाई २ जना मन्त्री दिनेसहमतिगरेकोमा त्यस विपरीत मुख्यमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्दा अपमानजनक व्यवहार गरेकोले सरकारबाट बाहिरिनु परेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us