सुदूरपश्चिममा मुख्यमन्त्रीमा एमालेले दियो सोडारीलाई समर्थन

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १६:१० मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमालेले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । आज बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका छन ।

सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए ।

बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो । प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us