ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– ललितपुरमा भिरबाट लडेको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सडकबाट करिब ३०० मिटर तलबाट शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।

घटनास्थलमा ०४२ प ७९२६ नम्बरको स्कुटर पनि फेला परेको पनि उनले जानकारी दिए । सो स्कुटरको ब्लु बुक रामेछापको सुनापती गाउँपालिका–१ घर भएका रोहित गौतमको नाममा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us