मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन: एमाले

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेपालको संविधानको धारा १८८ बाट भाग्न नपाउने बताएको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सङ्कल्प प्रस्ताव प्रदेशसभामा टेबुल गर्दै यस्तो बताएका हुन् ।

भण्डारीले संसद्को सर्वोच्चतालाई स्वीकार गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन । संसद्को दृश्यले पनि मुख्यमन्त्री अल्पमतमा परिसकेको उनले जानकारी गराएका छन ।

संविधानको प्रावधान, सर्वोच्च अदालतको व्याख्याले पनि संसद् विघटन नहुने र उपधारा ५ अनुसारको सरकार परिवर्तन हुन सक्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us