राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन । गत ३० चैतमा बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन ।

३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत रहेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us