रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– हिजो बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा आज रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाण्डुले जानकारी दिएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई हिजो पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार फैसला कार्यान्वयनतर्फ केही गरिरहनु नपर्ने जिल्ला अदालत काठमाण्डुले जानकारी दिएको छ । लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

२०६१ साल साउन ८ गते काठमाडौँको वनस्थलीबाट ५ ग्राम खैरो हिरोइनसहित दावा लामा पक्राउ परेका थिए । साबिकको सर्लाही जिल्ला साखापुर गाविस– १ घर भएका लामालाई काठमाण्डुको वनस्थली चोकबाट पक्राउ गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us