आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डु टुडे २०८१ वैशाख १९ गते ९:२८ मा प्रकाशित

काठमाण्डु, १९– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ ।

इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा विभिन्न मजदुर संघ संगठनहरुले अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेका छन् ।

मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

समारोहअघि र्‍यालीको आयोजना गरिएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमो आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जननको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ । सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

नेपालमा भने श्रमिक दिवस विक्रम सम्वत २०६३ सालदेखि मनाउन थालिएको हो । ०६४ सालदेखि सरकारले मे दिवसलाई औपचारिकता प्रदान गर्दै सार्वजनिक बिदा दिन थालेको थियो ।

श्रमिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना सन्देश जारी गर्दै मजदुरका हकहितको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनीहरुले नेपालका हरेक राजनीतिक परिवर्तनमा मजदुर वर्गको योगदान रहेको पनि स्मरण गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us