लुम्बिनी प्रदेशमा एमालेले टुंग्यायो मन्त्री

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगाएको छ । एमालेले यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो ।

आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी प्रप्त गरेका छन । एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने लगभग पक्का भएको एमाले स्रोतले जानकारी दिएको छ ।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एकरएक जना मन्त्री बनाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us