राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।

आज बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भएको स्रोतले जानकारी दिएको छ ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us