
काठमाण्डु, २८ चैत– नयाँ वर्ष २०८१ को अबसर यही ३० चैतबाट नेपाली चलचित्र ‘द रेड सुटकेस’ नेपालमा रिलिज हुँदैछ । यो चलचित्रको मँगलबार बेलुका काठमाण्डुमा विशेष शो आयोजना गरिएको थियो । शोमा सहभागी चलचित्रकर्मी तथा राजनीतिज्ञहरुले आम चलचित्र भन्दा ‘द रेड सुटकेश’ निकै फरक लागेको प्रतिक्रिया दिएका छन ।
कार्यक्रममा बोल्दै अग्रज चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहले आफुले स्थापना गरेको कलेज आफ फिल्म स्टडिजबाट चलचित्रमा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलो देखि नै फरक प्रतिभाका व्यक्तित्व भएको बताए,‘आज यतिसुन्दर नेपाली चलचित्र बनाएर अन्तराष्ट्रिय बजारमा फिडेलजीले द रेड सुटकेस मार्फत नेपाललाई चिनाउँदा मलाई गौरव लागेको बताए ।
यस्ता चलचित्र नेपालमा अत्यन्त कम बन्ने भएकाले द रेड सुटकेस जस्ता चलचित्रलाई हामी सबैको साथ हुनुपर्छ ।’ सँधै व्यबसायिकता मात्र नहेरी विश्वले महत्व दिएको यस्ता चलचित्रलाई प्रदर्शन गरेर सहयोग गर्न पनि उनले चलचित्र घरका सञ्चालकलाई अपिल गरेका छन । कार्यक्रममा एमाले सांसद रघुजी पन्तले पनि आफुले अहिलेसम्म हेरेको नेपाली चलचित्र भन्दा द रेड सुटकेस पपृथक चलचित्र भएको बताएका छन ।
उनले भने, ‘यही पृथक भएर नै यसले अन्तराष्ट्रिय महोत्सबहरुमा विभिन्न अवार्ड जित्न सफल भएको पनि उनले बताए,‘यस्ता सिनेमा बन्नु आफैंमा मुख्यकुरा भए पनि हामीले हेरेर अर्को सिनेमा निर्माणको वातावरण बनाईदिनु पर्छ ।’ यस्तै पूर्व शिक्षामन्त्री अशोक कुमार राईले आफुले धेरैलामो समयपछि राम्रो चलचित्र हेर्ने अबसर पाएको बताए ।
उनले भने, ‘ द रेड सुटकेस मेरो सोच भन्दा फरक चलचित्र रहेछ ।’ लेखक बुद्धिसागरले यो चलचित्रमा आफ्नो गीत रहेको जानकारी गराउँदै फिल्मको स्कृप्ट पढेरै आफु यो चलचित्रप्रति आकर्षित भएको बताए,‘यस्तो अन्तराष्ट्रिय स्तरको चलचित्रमा गीतकारको रुपमा जोडिन पाउनुलाई मैले आफ्नो सौभाग्य मानेको छु ।’ उनले भने ।
यो चलचित्र हेरेपछि यसका अभिनेता विपिन कार्कीले सञ्चारकर्मीसँग भने,‘यस अघि भेसिन फिल्म फेस्टिबलमा यो चलचित्र हेरेको थिएँ तर आज नेपालका दर्शकमाझ हेर्दा उहाँहरुको प्रतिक्रियाले फरक अनुभव भयो ।’
आम चलचित्र भन्दा निकै फरक भएकै कारण यस्ता चलचित्रका निर्माताहरुलाई प्रोत्साहन गर्नुपछ भनेर आफुले द रेड सुटकेसमा विना पारिश्रमिक काम गरेको पनि उनले बताए,‘यो चलचित्र गर्ने समयमा मैले व्यबसायिक सिनेमा गर्दा राम्रो पारिश्रमिक पाउँथे । तर यस्तो चलचित्र जीवनमा कमै खेल्न पाईने भएकाले पनि मैले अरु चलचित्र छाडेर द रेड सुटकेशलाई महत्व दिएँ ।’