
काठमाण्डु, २२ चैत– प्रहरीले गायक राजेशपायल राईलाई छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएका छन ।
बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको डीएसपी बुढाथोकीले बताए । पक्राउ परेका आठै जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।