गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

काठमाण्डु टुडे २०८० चैत २० गते १३:३८ मा प्रकाशित

काठमाण्डु, २० चैत–  गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ ।

गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ । बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल छन् ।

यस भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका छन् भने भिडियो सम्पादन अर्जुन खड्काले गरेका छन् । ए जे अजुको व्यवस्थापनमा शुटिङ् सम्पन्न भएको थियो । यस भिडियोलाई रन्जित सुनारले निर्देशन गरेका हुन् ।

नयाँ तथा पछाडि परेका, प्रतिभा भएका कलाकारहरुलाई मौका दिनुपर्ने बताउँछन् गीतकार दावा तामाङ । गीतकार तामाङका धेरै गीतहरु आइसकेका छन् । गीतहरुको बजारमा यस भिडियोले पनि दर्शक स्रोताको मन जित्नेमा विश्वस्त रहेको गीतकार दावा तामाङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us