
काठमाण्डु,१३ फागुन– उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न न्याय परिषदले सिफारिस गरेको छ ।
आज (आइतबार) बसेको परिषदको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।