
काठमाण्डु, १३ फागुन– एमाले सांसद सुनिता बरालले मानसिक रोगप्रति सरकारले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताएकी छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताएकी हुन ।
उनले नेपालीमा मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन । उनले भनिन्, ‘केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् ।
त्यस्तै काठमाण्डुमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर अत्यासलाग्दो तरिकाले बढिरहेको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । ’
उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् । यस्ता घटनाक्रम हुँदा पनि सरकारले मानसिक स्वास्थ्यमा चासो नदिएको बताएकी छन ।