२९ तोला सुनका गरगहनासहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १८:१३ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– प्रहरीले बर्दियाबाट झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिक –१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेका छन ।

उनीहरु लाई शनिबार बेलुकी साढे ६ बजेतिर चेकका क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिएका छन ।

गोप्य सूचनाका आधारमा पुगेको जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको एसपी शाहीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us