पोखरामा १७ वर्षका किशोरले चोरे बस, चितवन लैजाँदै गर्दा परे पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १७:१३ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– प्रहरीले पोखराबाट एक बस चोरी गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर रहेका छन । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको बस चोरेर लैजाँदै गर्दा किशोर पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार ग १ ख ९६३८ नम्बरको बस उनले चोरेर चितवन लगेका हुन् । बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थाल्यो । चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित किशोलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

बालकको परिचय प्रहरीले गोप्य राखेको छ । उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us