
काठमाण्डु, २४ मंसिर–मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितकोटोलील प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानमा व्यवस्था भए बमोजिम संघीय कानुन निर्माणकोविषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको टोलीले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुन छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएकालेआफूहरू आन्दोलनमा मुख्यमन्त्री यादवले चेतावनी दिए । जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताकोजन्मदाता भएको स्पष्ट पार्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए ।
‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो संघीयताका पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ । संघीय लोकतान्त्रिकगणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईहरूले देख्नुभएकै छ । अहिले पनि संघीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तरपहल गरिरहेको छु । तपाईंहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ । तपाईंहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनूस् रसंघीयता कार्यान्वयन प्रभावकारी बनाऔं प्रचण्डले भने, ‘सरकारले संघीयतासम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ। तर, त्यसकोअन्तिम फैसला संसदले गर्नुपर्छ। त्यसका लागिसमेत तपाईं–हाम्रो संयुक्त पहल जरूरी छ। त्यसैले अहिले संघर्षका कार्यक्रमलाई थातीराखेर थप पहलमा केन्द्रित होऔं।’
छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।