एक बोतल पानी ४० रुपैयाँमा बेचेपछि १० हजार जरिवाना

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– काठमाण्डु महानगरपालिकाले ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जानकारी दिएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।

यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो । ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो । किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन समेत निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us