काठडमाण्ड महानगरले कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई तिरायो ५ हजार जरिवाना

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– काठमाण्डु महानरपालिकाले कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेला ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाण्डु महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको एक अधिकारीले जानकारी दिएका छन ।

पर्चा बाँड्ने र मान्छे ठग्ने साथै सडकमा पर्चा फाली फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो । कर्मचारीको आवश्यकता भन्दै सडक पोलहरूमा पर्चा टाँस्ने, सडकमा हिँड्ने मान्छेहरू वितरण गर्ने जस्ता कार्य गरेको पाइएपछि महानगर प्रहरीले जरिवाना गरेको ति अधिकारीले जानकारी दिएका छन ।

काठमाण्डु महानगरले आफ्नो कार्य क्षेत्रभित्र पर्चा पम्पटेल टाँस्ने, बाँड्ने लगायतका कार्यमा रोक लगाएको छ । कानुन विपरीतको कार्य गरेको पाइएपछि जरिवाना गराइएको महानगर प्रहरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us