
काठमाण्डु, २० मंसिर– प्रहरीले नेपाली नागरिकलाई ‘भिजिट भिसा’ मा रुसको सेनामा भर्ना हुन पठाउने गिरोहको साथबाट २७ लाख ६० हजार बरामद गरेको छ । ओखलढुंगा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालको साथबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
दाहाल र अर्यालको समूहबाट २७ थान पासपोर्ट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ ।
छुट्टाछुट्ट्रै समूहबाट २७ लाख ६० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी कुमोध ढुंगेललेले जानकारी दिएका छन । भिजिट भिसामा रुसको सेनामा पठाएको आरोपमा पक्राउ गरिएका १२ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डुले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।