विराटनगरको एक कवाडी गोदाममा आगलागी: १ जनाको मृत्यु, ३ जना घाइते

काठमाण्डु टुडे २०८० मंसिर २० गते १६:२४ मा प्रकाशित

काठमाण्डु, २० मंसिर–विराटनगर– ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।

मृत्यु हुनेमा विराटनगर ७ का ३० वर्षीय दिपक मण्डल रहेका छन । आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार उपचारत रहेका थिए । त्यस मध्य मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us