जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

काठमाण्डु टुडे २०८० मंसिर २० गते १५:३६ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जन दबाबका कार्यक्रम गर्ने भएको छ । आज (बुधबार) पार्टी मुख्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी राप्रपाका एक नेताले जानकारी दिएका छन ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने पनि बताएका छन । उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको पनि बताएका छन ।

अध्यक्ष लिङ्देनले निकट भविष्यमा नै राप्रपाले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताएका छन । अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us