
काठमाण्डु, १७ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसिया भ्रमणमा गएका छन । हिजो (शनिबार) साँझ मलेसिया गएका उनी २९ मंसिरमा उनी नेपाल फर्किने भएका छन ।
आज (आइतबार) मलेसियामा केही कार्यक्रममा सरिक भएका सभापति लामिछाने नेपालीहरुसँग अन्तर्क्रिया र भेघाट गरेका छन । सामाजिक सञ्जालबाट आफू मलेसियामा रहेको जानकारी गराउँदै लामिछानेले यस्तो बताएका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलेसिया, कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्न, उहाँहरूको साथ सहयोग र शुभेच्छाका लागि धन्यवाद दिने कार्यक्रमअन्तर्गत अहिले म मलेसियामा छु ।’
सभापतिको सचिवालयका अनुसार लामिछाने २१ मंसिरमा कतार जाने तय भएको छ । २३ गतेसम्म कतारमा रहने र २४ गतेदेखि २८ गतेसम्म बेलायतमा रहने गरी सभापति लामिछानेको भ्रमण तालिका तय भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । बेलायतबाट सभापति लामिछाने मंसिर २९ गते नेपाल फर्किनेछन् ।