राजतन्त्रको कुरा गर्ने देशद्रोही हुन्: केपी ओली

काठमाण्डु टुडे २०८० मंसिर १७ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरू सक्रिय रहेको बताएका छन ।

उनले आज (आइतबार) समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने बताएका छन । उनले भने, ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीको भनाइ छ । लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’

उनले अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको बताएका छन ।

उनले भने, ‘फेरि पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us