
काठमाण्डु, १७ मंसिर– नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको भन्दै त्यको खण्डन गरेका छ । आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण भएको एयरलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ ।
युरोपियन युनियनबाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गरेर पत्र लेखेको थियो । त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले जानकारी दिएको छ ।
प्रवक्ता रमेश पौडेलले प्राधिकरणलाई लेखिएको पत्रमा स्पष्टसँग लेख्दालेख्दै सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको बताएका छन । पत्रमा स्पष्टसँग लेखिएकाले पनि ईयूको ‘सेफ्टी लिस्ट’बाट नेपाल नहट्नुमा नेपाल वायुसेवा निगम कारण नभएको बताएका छन् ।