
काठमाण्डु, १७ मंसिर– संसदीय सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको बागमती प्रदेशको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।
बैठकमा कुनै सहमति नजुटेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठक सकिनु अघि नै बाहिरिएका बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन । मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले जानकारी दिएका छन ।
बैठकपछि कुरा गर्दै मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको एमाले नेता जगन्नाथ थपलियाले जानकारी दिएका छन । उनले भने, ‘मुख्यमन्त्रीले एनजिओ शैलीमा सरकार चलाए, सरकारले आफ्ना कार्यकर्ता प्रोत्साहन गर्ने काम मात्र गर्यो प्रतिपक्षलाई बेवास्ता गर्यो, ‘संविधानले दिएको अधिकारमा रहेर संसद्ले गरेका निर्णय विरुद्धका काम सरकारले गरिरहेको छ ।’
एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण खनालले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहीन बनेको जानकारी दिएका छन ।