
काठमाण्डु, १६ मंसिर– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन आज शनिबार त्यसतर्फ प्रस्थान गरेका छन ।
यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड १३ मङ्सिरमा दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा सकिनेछ ।
कोप–२८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको छ ।