
काठमाण्डु, १६ मंसिर– आज शनिबार काठमाण्डुको कुलेश्वरमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । काठमाण्डु महानगरपालिका–१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो ।
खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।