
काठमाण्डु, १४ मंसिर– नेपाली सेनाका कर्णेल कामेश्वर यादवको ललितपुरस्थित निवासमा चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न रहेका आरोपमा प्रेमबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङद्वयले गत ४ मंसिरमा ललितपुरको भैंसेपाटीस्थित यादवको घरमा चोरी गरेका थिए ।
यादवका साथै उनको घरमा डेरामा बस्दै आएका शोभा ढकालको कोठासमेत चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
त्यस क्रममा नेपाली र भारतीय रुपैयाँ तथा अमेरिकी डलर तथा सुन र चाँदीका गरगहनासहित १९ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरले चोरीको घटनाबारे छानबिन भइरहेको जनाएको छ ।