
ललितपुर, १४ मंसिर– ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।
बा२९प ९४८५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक महालक्ष्मी–८ लुभुका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगीता श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिएर भागेको आशंकामा एउटा गाडी नियन्त्रणमा लिएको छ । चालक भने फरार छन् ।