
काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच गएराति भेटवार्ता भएको छ ।
तीन प्रमुख शीर्ष नेताबीच गएराति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा मुलुकको पछिल्लो रानजीतिक घटनाक्रम र शान्ति प्रक्रियालाई पूर्णता दिने लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शान्ति प्रक्रियामा हस्ताक्षर भएको १७ वर्ष पुगेका दिन तीन नेताबीच त्यसलाई पूर्णता दिने विषयमा कुारानी भएको हो ।