दुर्गा प्रसाईं समर्थकले काठमाण्डुका सडकमै दिशापिसाब गर्ने !

काठमाण्डु टुडे २०८० मंसिर १ गते १९:४८ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाण्डुका सडकमै दिशापिसाब गरिदिन आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।

उनले आगामी ७ मंसिरदेखि गर्ने भनिएको काठमाण्डु केन्द्रित प्रदर्शनमा सडकमै दिशापिसाब गर्न समथर्कलाई अपिल गरेका हुन् ।

सामाजिक सञ्जालमा भेटिएको प्रसाईंको एक भिडियोमा उनले खानका लागि चामल दिने, पकाउन भाँडा र स्टोभ दिने तर शौचालयको प्रबन्ध गर्ने नसकिने बताएको सुनिन्छ ।

‘चामल र पानीको व्यवस्था गर्छु । अरु चिजको गर्दिन । भाँडा बटुका (कचौरा) लिएर, स्टोभ लिएर यहीं आएर भात पकाएर खाने । बाटैमा ट्वाइलेट गर्ने’, उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us