

काठमाण्डु,२६ कातिक– एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन ।
शाहीलाई आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।
शाही दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने गरेका छन । उनीसँगै उनको श्रीमती सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् ।
सिंह एमाले कर्णाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् । उनी ०७४ मा एमालेबाट नै ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
गत असोजमा भएको एमाले कर्णाली प्रदेशको अधिवेशनसँगै शाही दम्पत्ति एमालेभित्र असन्तुष्ट बनेका थिए ।
एमाले कर्णाली प्रदेशका पुर्व अध्यक्ष विनोदकुमार शाहको प्रतिनिधि छनोटमा गुण्डागर्दी शैली अपनाएको भन्दै सिंहले सार्वजनिक रुपमै प्रेस नोट जारी गरेकी थिइन् ।
उनले शाहीलाई प्रतिनिधि छनोटमा हुकुमी शैली अपनाएको आरोप समेत लगाएकी थिइन् । उनी सात वर्ष अनेमसंघ दैलेखको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकी महिला नेतृ हुन् ।