

काठमाण्डु,२६ कातिक– प्रहरीले भोजपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राई पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्जाङबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ ।
२२ कात्तिकमा राति बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।