नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौंः नेपाल

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– चीन भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकासका सन्र्दभमा कुनै पनि देशसँग साझेदारी गर्न तयार रहेको बताएका छन् ।

चीनकोे युनान प्राप्तको कुङ्मिङमा चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको दक्षिणपूर्वी तथा दक्षिण एसियाली राजनीतिक दलहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो देश विकासमा साझेदारी गर्न तयार रहे सैन्य सहयोगको विपक्षमा रहेको बताए ।

‘सेयरिङ द एचिभमेण्ड अफ वेल्ड एण्ड रोड फोरम’ विषयमा आयोजित कार्यक्रममा धारणा राख्दै नेपालले चीन वा अरु जुनसुकै मुलुकसँग विकासका सन्र्दभमा सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उल्लेख गरे ।

नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाए । छिमेकी वा अरु कुनै मुलुकविरुद्धको सैन्य गठबन्धनमा संलग्न नहुने उनको स्पष्टोक्ति थियो । ‘हामी कुनै पनि देशबाट विभिन्न उद्देश्यका साथ आउने सैन्यसम्बन्धी सहयोग, हाम्रा छिमेकीविरुद्ध हामीलाई प्रयोग गर्ने रणनीति र भुराजनीतिक प्रतिस्पर्धाको विपक्षमा छौं’, उनले भने ।

नेपालले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसेएटिभ’ (बीआर आई) परियोजना ज्यादै महत्वपूर्ण भएकाले विकास साझेदारी परियोजनाका रुपमा नेपालले सुरुदेखि त्यसमा समर्थन जनाएको उल्लेख गरे । विश्वव्यापी आर्थिक वृद्धि र आधुनिकीकरणमा बीआर आईले महत्वपूर्ण भूमिका खेल्ने दाबी उनको थियो ।

‘बिआरआइ खुला र समावेशी दुष्टिकोणसहितको पहल हो । यसले विश्वव्यापी आर्थिक वृद्धि र आधुनिकीकरणका प्रयासहरुमा महत्वपूर्ण योगदान दिन्छ’, ‘नेपालले भने, ‘हामीले वेल्ड एण्ड रोड इनिसिएभिटलाई विशुद्ध सहयोगी प्रयासका रुपमा हेरेका छौँ । जसले नेपाल जस्ता देशहरुको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्छ ।’

नेपाm नेपालले आफूहरुसँगको बैठकका क्रममा चीनको युनान प्रान्तले गत १७ कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको बिनाशकारी भूकम्पका पीडितलाई राहतका लागि ५० हजार अमेरिकी डलरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा भएकामा धन्यवाद दिए ।

यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले १० लाख चिनियाँ आर एमबी आर्थिक सहयोग गर्ने घोषणा गरेको उनले बताए ।

सम्मेलनमा दक्षिणपूर्वी तथा दक्षिण एसियाका १८ देशका ५० बढी राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

नेपालबाट एकीकृत समाजवादी र नेपाली कांग्रेस सहभागी छ । कांग्रेसको नेतृत्व गर्दै सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद राजन केसी सम्मेलनमा सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us