उपराष्ट्रपति यादवले एक महिनाको तलब भूकम्पपीडितलाई दिने

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो एक महिनाको तलब जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन ।

त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरुबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पाँच दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us