सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश

काठमाण्डु टुडे २०८० कार्तिक २३ गते १७:३७ मा प्रकाशित

काठमाण्डु, २३ कातिक– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाण्डुले दुवै पक्षसँग बहस नोट माग गरेको छ ।

आज बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश जारी गरेको हो ।

यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गरीने भएको छ । गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

सो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us