माओवादी उपत्यका प्रदेशले पठायो भूकम्प पीडितलाई राहत

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १८:०५ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ । नेकपा माओवादी केन्द्र प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोङ्गबु नयाँ बसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन् ।

४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले जानकारी दिएका छन ।

यस्तै सिरक, त्रिपाल र म्याट ४ र ४ सय थान तथा ४ सय क्विन्टल चामल समेत पठाउन लागिएको पुनले जानकारी दिएका छन । बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

उनले प्रभावितहरू नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us