
काठमाण्डु, २० कातिक– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।
कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो तर पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगित गरीएको उनले जानकारी दिएका छन ।
अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जानकारी दिएको छ । महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैठक स्थगित गरिएको हो । बैठक छठ पछि मात्रै बस्ने रास्वपाले जनाएको छ ।