जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ: केपी ओली

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १५:२५ मा प्रकाशित

काठमाण्डु, २० कातिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले अहिले जाजरकोट र रुकुम पश्चिमका जनतालाई त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको आवाश्यक रहेको बताएका छन ।

आज (सोमबार) आफ्नो फेसबुक पेजमा ओलीले विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने भएकाले सबैले सेवाभाव राखेर काम गर्नुपर्ने बताएका छन । उनले लेखेका छन, ‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ, ‘विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ ।’

साथै उनले उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार व्यक्त गर्दै ती जिल्लामा अहिले सीपयुक्त दक्ष जनशक्तिको समेत आवश्यकता रहेको पनि बताएका छन ।‘विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुन्छ, भिडभाड गरेर अल्झाउनु हुँदैन । यसरी उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us